शनिबार, भदौ २०, २०८३

लगनखेल मालपोतका नासु श्रेष्ठ ४० हजार घुससहित पक्राउ

जग्गा हालसाबिक गर्दा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ पक्राउ परेका छन्। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं– जग्गा हालसाबिक गर्दा सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय लगनखेलका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ पक्राउ परेका छन्। 

हालसाबिकका क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको जग्गा मिलाउन श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ अतिरिक्त रकम मागेका थिए। 

उनीहरूलाई सेवाग्राहीबाट ४० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जनाएका छन्। अख्तियारका अनुसार दुवैजनामाथि थप अनुसन्धान भइरहेको छ।
 

प्रकाशित: Jan 20, 2021| 05:29 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।