शनिबार, भदौ २०, २०८३

फेसबुके लभले झण्डै पुर्‍याएको थियो ‘कोठी’

प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

कैलाली- प्युठानको एक छात्रावासमा कार्यरत एक महिला फेसबुकमा एक युवकसँग नजिक भइन्। करिब एक वर्षसम्म फेसबुकमा जोडिएको मित्रतापछि उनीहरूले विवाह गर्ने निधो गरे।

युवकले घर कैलाली भएको बताउँदै कैलालीमा गएर विवाह गर्ने आश्वासन दिएपछि दुई बच्चाकी आमा ती महिला युवकसँग कैलाली लागिन्। 

कैलाली आएपछि युवक कैलालीमा घर नभएको, भारतमा गएर विवाह गरौँ भनेर भारततर्फ लागे। युवकले ढाँटेको थाहा पाएपछि महिला चिन्तित त भइन्, तर युवकसँग नजानुको विकल्प थिएन। घर छाडेर हिँडिसकेकी महिलालाई अब डर लाग्न थाल्यो।

कैलालीको सीमा नाका खक्रौलामा बेचबिखन न्यूनीकरणका लागि निगरानीमा बसेको साना हातहरू नेपालले उनीहरूमाथि शंका गर्‍यो। 

युवकले भारतमा रोजगारीका लागि जान थालेको, आफूहरू दम्पती भएको बताए। साना हातहरू नेपालका प्रतिनिधिले निकै सोधपुछ गरेपछि युवकलाई नियन्त्रणमा लिइयो।

‘मैले साना हातहरूका दिदीहरू देखेपछि अब बाँचिन्छ कि जस्तो लाग्यो, अनि सबै कुरा खोलेँ, दिदीहरूले प्रहरी बोलाउनुभयो’, उद्धार गरिएकी महिलाले भनिन्, ‘हाल म साना हातको संरक्षणमा बसेकी छु। मलाई झुक्याउने युवक बेचबिखन मुद्दापछि सजाय भोगिरहेका छन्। म सिलाइकटाइको काम सिकिरहेकी छु। मैले नयाँ जीवन पाएँ जस्तो लाग्छ।’

रोजगारीका सिलसिलामा नेपाल–भारत सीमा हुँदै भारत जाने महिला तथा बालबालिका बेखबिखनको जोखिममा पर्न सक्छन्। यी महिलाको समयमै उद्धार नभएको भए जोखिम थप बढ्ने साना हातहरू नेपालका स्टेशन संयोजक तुलसी विक बताउँछिन्।

‘हामीले सीमामा बसेर धेरै शंका गर्नुपर्ने हुन्छ। हामीले गत वर्ष ३०१ महिला तथा बालबालिकालाई उद्धार गरेका छौं’, उनी भन्छिन्, ‘दुई वर्षको अवधिमा चारवटा बेचबिखनसम्बन्धी मुद्दा चलाएका छौं। रोजगारीका लागि भारत जानेहरू बेचिने जोखिम बढी छ।’

स्टेशन संयोजक विक नेपाली महिलाहरू घाँस, दाउराका लागि भारतीय जंगल जाने, किनमेलका लागि पनि भारत जाने भएकाले थप जोखिममा रहेको बताउँछिन्। 

‘काट्न जान थालेको भन्नुहुन्छ, कसरी रोक्नु ? त्यसरी गएकाहरू नफर्कने डर हुन्छ’, उनी भन्छिन्, ‘गत वर्ष यसैगरी घाँस काट्न गएकी किशोरी नफर्केपछि बेचिएकी थिइन्। हामीले भारतीय प्रहरीको सहयोगमा एक महिनापछि किशोरीको उद्धार गरेर नेपाल ल्यायौं।’

साना हातहरू नेपालले सीमाबाट भारत जानेहरूमा शंका लागेकालाई सोधपुछ गर्ने, उद्धार गर्ने र बेचबिखनमा पर्न थालेको भए मुद्दा चलाउनेसम्मको काम गर्छ।

‘साना हातहरू नेपालले सीमामा बसेर प्रहरीलाई सघाएको छ’, इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक अरुण बम भन्छन्, ‘हामी एकापसमा सहकार्य गरेर सीमामा निगरानी गरिरहेका छौं। सोधपुछका क्रममा शंका लागेकालाई उद्धारमा उहाँहरू सहयोगी बनिरहनुभएको छ।’ रासस

प्रकाशित: Jan 20, 2021| 04:13 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।