शनिबार, भदौ २०, २०८३

आजदेखि सुरु हुँदै प्रदेश १ को सातौं संसद अधिवेशन 

प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ। संसद बैठक दिउँसो २ बजे बोलाईएको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

विराटनगर– प्रदेश १ को सातौं संसद अधिवेशन बुधबार (आज) देखि सुरु हुँदैछ। संसद बैठक दिउँसो २ बजे बोलाईएको छ। 

सरकारको नेतृत्व गरिरहेको नेकपा दुई समूहमा विभाजित भएपछि सुरु हुन लागेको हो।  नेकपा दाहाल–नेपाल समूहले मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्ताव पेश गरेको अवस्थामा सुरु हुन लागेको अधिवेशनले अविश्वास प्रस्तावलाई प्रकृयामा लैजानुपर्ने कानुनी बाध्यताको सामना गर्दैछ । 

कांग्रेसलाई साथमा लिएर सरकार ढाल्न दाहाल–नेपाल समूहलाई चुनौति छ। आफ्नो सरकारलाई निरन्तरता दिनका लागि कांग्रेसको चित्त बुझाउन मुख्यमन्त्री राईलाई पनि सकस छ। 

नेकपा मुडभेडतर्फ
संसदीय दलमा छलफल नै नगरी मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव ल्याईएपछि नेकपा ओली समूह चिडिएको छ। 

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जनालाई निलम्वन गर्ने ओली समूहले निर्णय गरेको थियो। पुस १६ गते १५ जना र पुस १७ गते १ जनालाई निलम्वन गरिएको थियो। 

निलम्वन गरेका सांसदलाई प्रदेशसभा प्रवेशमा रोक लगाउने तयारी ओली समूहको छ। निलम्वन गरिएका सांसद बैठकमा प्रवेश गरे संसद बैठक अघि नबढ्ने उनले बताएका छन्। 

ओली समूहले गरेको कारवाही नियमसंगत नभएको दाहाल–नेपाल समूहले बताएको छ। सभामुखले दुवै समूहले गरेको कारवाही नियमसंगत नभएको बताएको दाहाल–नेपाल समूहका सांसद राजेन्द्र राईले बताए। 

संसद बैठकमा बलजफ्ती गरिए दुर्भाग्यपूर्ण हुने उनले बताए। राईले भने, ‘आशा गरौं त्यसो नहोला।’

कांग्रेस तटस्थ नबस्ने

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्तावमा तटस्थ नबस्ने प्रमुख प्रतिपक्षी दल कांग्रेसले स्पस्ट पारेको छ।   

प्रमुख सचेतक केदार कार्कीले विज्ञप्ति प्रकाशित गर्दै केही मिडियाले कांग्रेस तटस्थ बस्ने भनि गरेको प्रचारको खण्डन गरेका छन्। उनले कांग्रेस प्रतिपक्ष दल भएकाले सरकारको विपक्षमा हुने सर्वमान्य सिद्धान्त स्मरण गराएका छन्। 

अविश्वास प्रस्तावमा कांग्रेस तटस्थ नबस्ने स्पस्ट पार्दै प्रमुख सचेतक कार्कीले भनेका छन्, ‘अन्य राजनीतिक सहमति नहुँदासम्म कांग्रेस तटस्थ बस्दैन, बस्नु हुँदैन, हामी कसैलाई सघाउने भन्दा पनि आफै नेतृत्व लिने प्रयास गर्नुपर्दछ। हाम्रो नेतृत्व स्वीकार गर्नेसँग नै सहकार्य गर्नुपर्दछ ।’


 

प्रकाशित: Jan 20, 2021| 03:09 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।