शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन चिनी उद्योगले उखु किसानलाई अझै आठ करोड भुक्तानी गरेनन्

तीन चिनी उद्योगले उखु किसानलाई अझै आठ करोड भुक्तानी गरेनन्

 विभिन्न तीन चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाठौं- विभिन्न तीन चिनी उद्योगले उखु किसानलाई आठ करोड बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। 

पटक पटक लामो आन्दोलन गरेर ६५ करोड बक्यौता रकममध्येमा अझै तीन उद्योगले किसानलाई आठ करोड एक लाख बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। 

सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन्। 

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैैकुष्ठ अर्यालले जानकारी दिए। 

उनका अनुसार ३५ करोड बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ। 

मन्त्रालयको तथ्यांकअनुसार १७ करोड बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ। 

लुम्बिनी मिलले बैंक खातामा एक करोेड ७६ लाख जम्मा गरे पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन्। किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख भुक्तानी गरे पनि अझै उक्त मिलले  चार करोड ३६ लाख बक्यौता रकम भुक्तानी बाँकी रहेको छ। 

यसैगरी चार करोड ७० लाख बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख जम्मा भएको देखिए पनि भुक्तानी सुरु गरेको छैन। लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ। उक्त मिलको खातामा रहेको तीन करोड रकम रोक्का राखिएको छ। 

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति छन्। यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ। 

प्रकाशित: Jan 20, 2021| 01:20 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।