शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाललगायतका छिमेकीलाई कोरोनाविरुद्धकाे खोप सहयोग गर्दै भारत

नेपाललगायतका छिमेकीलाई कोरोनाविरुद्धकाे खोप सहयोग गर्दै भारत

भारतले नेपाल, भुटान, माल्दिभ्स, बांग्लादेश, म्यानमार र सेसेल्सलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- भारतले नेपाल, भुटान, माल्दिभ्स, बांग्लादेश, म्यानमार र सेसेल्सलाई कोरोना भाइरस विरुद्धको खोप अनुदान सहयोग गर्ने भएको छ। 

भारतीय  विदेश मन्त्रालयले बिहीबारदेखि चरणबद्ध रुपमा छिमेकी देशलाई खोप उपलब्ध गराउने घोषणा बुधबार गरेको हो। 

श्रीलंका, अफगानिस्तान र मौरिससको सम्बन्धमा भने ती देशको आवश्यकता र अनुमति पर्खिरहेको विदेश मन्त्रालयले जनाएको छ। 

ती देशमा खोप भण्डारणका लागि पूर्वाधार रहेको सुनिश्चित भएपछि मात्र खोप आपूर्ति गरिने मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ। 

छिमेकी देशले खाेप उपलब्ध गराउन अनुरोध गरेपछि  भारतले यस्तो निर्णय  गरेकाे हाे। 

भारतमा गत शनिबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु भइसकेको छ। 

भारतले छिमेकी देशहरुलाई यसअघि नै हाइड्रोक्सिक्लोरोक्विन, रेम्डिसिबिर, पारासिटामल, डायाग्नोस्टिक किट, भेन्टिलेटर, मास्कलगायतका चिकित्सा सामग्री सहयोग गरिसकेको छ।

नेपालले भारतमा बनेको कोभिसिल्ड खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।

भारतले पनि आफ्ना नागरिकलाई गत शनिबारदेखि यही खोप दिन थालेको छ। यद्यपि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले बनाएको यो खोपलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मान्यता दिइसकेको छैन। 

नेपाली स्वास्थ्य अधिकारीहरु कोभिसिल्डले मापदण्ड पूरा गरेकाले त्यसलाई प्रयोग अनुमति दिएको बताउँछन्। यो खोप भारतमा सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरिरहेको छ।

औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले कोभिसिल्ड प्रयोग अनुमतिका लागि अन्तर्राष्ट्रिय मान्यतालाई आधार बनाइएको बताएका छन्।

कोभिसिल्डले अनुमति पाउनुको अर्को आधार नेपालको स्वास्थ्य पूर्वाधार हो। विभिन्न देशमा आपत्कालीन प्रयोगमा आएका खोप माइनस २० देखि माइनस ७० डिग्री सेन्टिग्रेडसम्म चिस्यानमा राख्नुपर्ने खालका छन्। 

नेपालमा यति धेरै चिस्यानमा राख्ने पूर्वाधार छैन।  कोभिसिल्ड भने अन्य खोपजस्तै भण्डारण गर्न सकिने स्वास्थ्य अधिकारी बताउँछन्।

कोभिसिल्ड दुई देखि आठ डिग्री सेन्टिग्रेडमा भण्डारण गर्न सकिन्छ। नेपालमा यस्तो भण्डारण क्षमताको पूर्वाधार छ। 

कोभिसिल्ड’ ६० देखि ८० प्रतिशतसम्म प्रभावकारी रहेका रिपोर्ट सार्वजनिक भएका छन्। भारतमा यो खोप लगाएका सयौं मानिसमा साइड इफेक्ट देखिएको छ। 

जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित कुनै पनि खोप शतप्रतिशत प्रभावकारी नहुने बताउँछन्। 

खोप लगाइएकामा देखिएको साइड इफेक्टबारे दीक्षित भन्छन्, ‘खोप हजारौं मानिसमा परीक्षण भएपछि बाहिर आएको हो। त्यसैले लाखौं मानिसमा लगाउँदा चार पाँच सयमा समस्या देखिनु नौलो होइन। यसलाई सामान्य रूपमा लिनुपर्छ।’ 

कोभिसिल्ड भण्डारण, विश्वसनीयता र मूल्यका हिसाबले नेपालका लागि उपयुक्त रहेको उनको भनाइ छ। 
 

प्रकाशित: Jan 19, 2021| 17:30 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।