शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने शिक्षक पक्राउ

छात्रालाई होटलमा लगेर परीक्षा दिन लगाउने शिक्षक पक्राउ

छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको अभियोगमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

पोखरा– छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको अभियोगमा राष्ट्रिय मावि पोखराका प्रधानाध्यापकसहित तीन जना पक्राउ परेका छन्। 

कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा एक छात्रालाई होटलमा लगेर परीक्षा दिलाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्। 

अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानुनविपरीतको कसूरजन्य कार्यसमेत भएको हुन सक्ने देखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले आवश्यक अनुसन्धान गरी दोषी उपर कारबाही गर्न जाहेरीसहितको कागजात माघ २ मा जिल्ला प्रहरी कार्यालयमा पठाएपछि पक्राउ गरी अनुसन्धान थालिएको हो। 

पक्राउ पर्नेमा पोखरा १८ कास्कीकोट स्थायी घर भइ हाल पोखरा १, बागबजार बस्ने विद्यालय प्रअ ४८ वर्षीय सूर्य तिवारी, रुपा घर भइ हाल पोखरा ११, फूलबारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा २०, भलाम घर भइ हाल पोखरा १, पुरानो टुँडिखेल बस्ने शिक्षक ४० वर्षीय शिरीषकुमार बस्ताकोटी छन्। 

उनीहरुविरुद्ध शिक्षा ऐन, सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ । 
 

प्रकाशित: Jan 19, 2021| 15:11 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।