शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक : लोहनी

देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक : लोहनी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

विराटनगर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन्।

अध्यक्ष लोहनीले मोरङ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै भने, ‘देश र जनतालाई एकताको सूत्रमा बाँध्न राजसंस्था आवश्यक छ।

शासन जनताले गर्ने, बेलायत, क्यानडा, नर्वेमा जस्तो अभिभावकका रुपमा रहने राजसंस्था व्यवस्था चाहिएको छ।’ उनले राजा र जनताको एकतामा नै देश बलियो हुने र प्रजातन्त्र सुढृद हुने बताए। 

भागभण्डाका कारण प्रशासनयन्त्रमा आठपरिया प्रवृत्ति चलिरहेको भन्दै अध्यक्ष लोहनीले चिन्ता व्यक्त गरे। ‘एक वर्षमा तीन–तीन पटक सचिव सरुवा गरिन्छ, यो कस्तो व्यवस्था हो, कस्तो प्रजातन्त्र हो?’ उनले भने।

राप्रपाका नेता रामचन्द्र रायले नेकपाको घरझगडाले संंवैधानिक संकट खडा भएको बताए। नेता श्याम तिमल्सिनाले राप्रपाले उपयुक्त विकल्प दिने बताए।

राप्रपाका नेता सगुनसुन्दर लावतीले राजसंस्था, सनातन हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्छ भन्ने युवाको मागबमोजिम देश अघि बढ्न आवश्यक रहेको बताए। 

नेता जनकराज पाठकले परिवर्तनले जनचाहना सम्बोधन नगरेको भन्दै नयाँ विकल्प प्रस्तुत गर्नुपर्ने बताए।  विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्ने ३७ जनालाई अध्यक्ष लोहनीले स्वागत गरेका थिए। 

कार्यक्रममा विश्वमोहन थापा, राजु लोहनी, दिनेश साह, आरती गेलाल, दुर्गाबहादुर अधिकारी, माधव आचार्यले मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: Jan 19, 2021| 11:54 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।