शनिबार, भदौ २०, २०८३

रुपन्देहीमा निर्वाचन कार्यक्रम सार्वजनिक

– निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

बुटवल– निर्वाचन कार्यालय रुपन्देहीले निर्वाचनका कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रको निर्देशनअनुसार जिल्ला कार्यालयले तालिका सार्वजनिक गरेको हो। 

कार्यालयले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने सूचना जारी गरेको छ। जिल्ला निर्वाचन अधिकृत अयोध्याप्रसाद भण्डारीले केन्द्रीय सर्कुलरअनुसार मध्यावधि निर्वाचनको तयारीमा आफूहरु जुटेको बताए। 

उनका अनुसार माघ १५ देखि २४ गतेसम्म रुपन्देहीका १६ वटा स्थानीय तहमा मतदाता नामावली प्रकाशन र दावी विरोधका लागि समय छुट्याइएको छ। यस अवधिमा आफ्नो नाम भए–नभएको यकिन गर्न, त्रुटि भए सच्याउन, मृत्यु, बसाइँसराइ, नागरिकता रद्द वा त्याग गरेमा सूचना दिनका लागि निर्वाचन कार्यालयले अनुरोध गरेको छ। वडा तहमा मतदाता नामावली प्रकाशन गरिने र त्यहीँ मतदाताले यी सबै काम गर्न सक्ने कार्यालयले जनाएको छ।

रुपन्देहीमा निर्वाचनका लागि मतदान केन्द्रको पहिचान गर्ने लगायत प्रारम्भिक कामहरु गरेको निर्वाचन अधिकृत भण्डारीले जानकारी दिए। रुपन्देहीमा प्रतिनिधिसभाका लागि ५ निर्वाचन क्षेत्र छन्। अघिल्लो पटक ५९८ मतदान केन्द्र रहेको रुपन्देहीमा अब भने ६०१ मतदान केन्द्र हुने निर्वाचन आयोगले जनाएको छ। 

रुपन्देहीमा ५ लाख ३७ हजार ११७ जना मतदाता छन्। प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै केही राजनीतिक दलहरु संघर्षमा छन्। उता, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा एक दर्जनभन्दा बढी रिट परेका छन्। ती रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।

प्रतिनिधिसभा विघटनपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित भएको छ। दाहाल–नेपाल समूह प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद् विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै आन्दोलित छ भने प्रधानमन्त्री ओली नेतृत्वको नेकपाले भने मध्यावधि निर्वाचनको विकल्प नभएको बताउँदै आएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते प्रतिनिधिसभा विघटन गरी ०७८ बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेका छन्।
 

प्रकाशित: Jan 19, 2021| 11:13 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।