काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३४८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। सोही अवधिमा ४४१ जना संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ४ हजार ९५६ जनाको पीसीआर विधिबाट नमुना परीक्षण गरिएकोमा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ९९२ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६२ हजार २५९ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ७६४ छ। क्वारेन्टिनमा १९० जना छन्।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६९ पुगेको छ।