शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह

केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न पत्रकारहरुलाई माधव नेपालको आग्रह

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीको बारेमा खोज पत्रकारिता गर्न आग्रह गरेका छन्।

काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा उनले भने, ‘तपाईंहरु खोजी पत्रकारिता गर्नुस् केपी ओलीको बारेमा। २०२८ सालदेखिको फेहरिस्त लेख्नुस्। जेलभित्रको कुरा लेख्न्स्। मदन भण्डारी महासचिव भएको बेलाको कुरा खोज्नुस्। मेरो, प्रचण्डको, वामदेव गौतमको हुर्मत लिएको कुरा लेख्नुस्।’

भेलालाई पत्रकार नारायण वाग्ले, किशोर श्रेष्ठलगायतले सम्बोधन गरेका छन्। पुष्पकमल दाहालले पनि सम्बोधन गर्ने कार्यक्रम छ।

नेकपा विभाजित भएपछि पार्टी समर्थित पत्रकारहरु पनि विभाजित भएका छन्। दाहाल–नेपाल दुवै समूहले भेला बोलाएका छन्।

प्रकाशित: Jan 19, 2021| 09:08 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।