शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटन मुद्दा : इजलासमै जंगिए प्रधानन्यायाधीश 

प्रतिनिधिसभा विघटन मुद्दा : इजलासमै जंगिए प्रधानन्यायाधीश 

संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ जारी छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- संवैधानिक इजलासमा आज पनि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा निरन्तर सुनुवाइ जारी छ। 

बहसका क्रममा एक अधिवक्ताले आफ्नो बयान गर्दै इतिहास सुनाउन थालेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा जंगिएका छन्। बहस गर्ने अधिवक्ता हुन्, शेरबहादुर ढुंगाना। 

ढुंगानाले ठूलो स्वरमा आफ्नै बयान गर्न थालेपछि प्रधानन्यायाधीश जबराले उनलाई रोक्दै भने, ‘बिस्तारै बोल्नोस्, तपाईं जन्मेदेखिको कुरा यहाँ नसुनाउनोस्।’

अहिले अधिवक्ता हर्कबहादुर रावलले बहस गरिरहेका छन्। उनले अहिलेको प्रधानमन्त्रीलाई २०४७ सालको जस्तो २०७२ मा कुनै अधिकार नभएको बताए। उनले अहिले सर्वोच्च अदालतलाई संविधानको संशोधन गर्ने अधिकार नभएको पनि बताए।

यसअघि अधिवक्ता डा. शिवकुमार यादवले प्रतिनिधिसभा विघटन संविधानमाथिको प्रहार भएको बताएका थिए। 

यसमा न्यायाधीश सपना प्रधान मल्लले प्रश्न गरिन्- यो सरकार/प्रधानमन्त्री संविधानको धारा ७६ को १ बमोजिम हो कि २ बमोजिम ?

जवाफमा ७६ को २ अनुसारको प्रधानमन्त्री भन्दै यादवले भने, ‘एउटा दलले सभामुख अर्कोले उपसभामुख लिएका छन्।’

प्रकाशित: Jan 19, 2021| 07:16 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।