शनिबार, असोज ३, २०८३

कोरोनाको डरले तीन महिनासम्म विमानस्थलमै बास

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका एक भारतीय तीन महिनासम्म विमानस्थलमा लुकेर बसेको पाइएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका एक भारतीय तीन महिनासम्म विमानस्थलमा लुकेर बसेको पाइएको छ। 
आदित्य सिंह नामक ती भारतीय पछिल्लो तीन महिनामा ओहारे विमानस्थलमा लुकेर बसेका थिए। 

३६ वर्षीय सिंहले कोरोना भाइरस महामारीका कारण घर जान डराएको बताएका छन्। 

उनीमाथि विमानस्थलको निषेधित क्षेत्रमा गलत तरिकाले प्रवेश गरी विमानस्थलका कर्मचारीको ब्याच चोरीको आरोप लगाइएको छ। 

कुक काउन्टीका न्यायाधीश सुजाना ओर्टिजले प्रश्न गरेकी छन्, ‘कुनै सुरक्षित क्षेत्रमा कसैलाई थाहै नदिई मानिस यति लामो समयसम्म कसरी रहन सक्छ?’ 

उनले सुरक्षित क्षेत्रमा फर्जी ब्याचका साथ रहनु पनि खतराको विषय भएको बताइन्। उनले भनिन्, ‘हवाई यात्राका लागि विमानस्थल पूर्ण रुपमा सुरक्षित हुन आवश्यक छ।’

सुनुवाइका क्रममा सरकारी वकिल कैथलिन हगर्टीले सिंहलाई विमानस्थलको निषेधित क्षेत्रमा देखेपछि युनाइटेड एयरलाइन्सका कर्मचारी उनीहरु गम्भीर भएको बताइन्। 

त्यसपछि ती कर्मचारीले सिंहसँग परिचयपत्र मागे। सिंहले उनीहरुलाई अप्रेसन म्यानेजरको परिचयपत्र दिए। तर अप्रेसन म्यानेजरले अक्टोबरमा आफ्नो ब्याच हराएको भनेर गुनासो गरेका थिए। त्यसपछि ती कर्मचारीले प्रहरीलाई खबर गरेका थिए। अनि सिंह गिरफ्तारीमा परेका थिए।

हगर्टीले प्रहरी अधिकारीलाई उधृत गर्दै भनिन्, ‘सिंह कोभिड १९ का कारण घर जान डराएका थिए।’

सिंहले त्यो ब्याच विमानस्थलमा फेला पारेको बताएका छन्। उनले आफूले यात्रीले दिएको खानेकुरा खाएर बाँचेको पनि बताएका छन्। एपी
सिंह पक्षका वकिल कर्नटी स्मालवुडले लस एन्जलसमा रहँदै आएका सिंह कसरी आइपुगे भन्ने स्पष्ट नभएको बताए। 
एक हजार डलर धरौटी जम्मा गरेपछि उनी रिहा भएका छन्। उनी यसअघि आपराधिक गतिविधिमा संलग्न नरहेको पाइएको छ। एएफपी
 

प्रकाशित: Jan 19, 2021| 06:30 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।