शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज पनि सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा आज पनि सुनुवाइ सुरू

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (मंगलबार) पनि सुनुवाइ सुरु भएको छ ।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (मंगलबार) पनि सुनुवाइ सुरु भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा सुरुवाती बहस रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले अहिले बहस सुरु गरेका छन्। 

इजलासमा प्रधानन्यायाधीश जबराका बाहेक न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन्।

यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ। प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो।

मुद्दामा रिट निवेदकका तर्फबाट र सरकारका तर्फबाट बहस गर्ने वकिलहरुको संख्या धेरै भएकाले सुनुवाइ प्रक्रिया लम्बिने देखिएको छ। 

एकैजनाले लामो बहस गर्दा सुनुवाइ लामो जान सक्ने भन्दै सोमबारको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले वकिलहरुको ध्यानाकर्षण गराएका थिए।
बहस गर्ने वकिलहरुलाई समयको निर्धारण नगरिएको भए पनि समयको ख्याल गर्न भने इजलासले भनेको छ। 

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै सर्वोच्च अदालतमा ३६३ जना पक्ष विपक्षका वकिलहरुले वकालतनामा दर्ता गरेका छन्।

प्रकाशित: Jan 19, 2021| 06:24 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।