काठमाडौं– प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज पनि जारी रहने भएको छ। यो मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आइतबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमाथि निरन्तर सुनुवाइ भइरहेको हो ।
मुद्दामा रिट निवेदकका तर्फबाट र सरकारका तर्फबाट बहस गर्ने वकिलहरुको संख्या धेरै भएकाले सुुनुवाइ प्रक्रिया लम्बिने देखिएको छ।
एकैजनाले लामो बहस गर्दा सुनुवाइ लामो जान सक्ने भन्दै सोमबारको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले वकिलहरुको ध्यानाकर्षण गराएका थिए।
बहस गर्ने वकिलहरुलाई समयको निर्धारण नगरिएको भए पनि समयको ख्याल गर्न भने इजलासले भनेको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा बहस गर्न मात्रै सर्वोच्च अदालतमा ३६३ जना पक्ष–विपक्षका वकिलहरुले वकालतनामा दर्ता गरेका छन्।