शनिबार, भदौ २०, २०८३

विद्यार्थी बोकेको बस दुर्घटना, पाँच जना घाइते

मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

मोरङ– मोरङको सुनवर्षीमा विद्यार्थी बोकेको बा २ ख ४५८ नम्बरको बस दुर्घटना हुँदा पाँच जना विद्यार्थी घाइते भएका छन्। 

आज (मंगलबार) बाक्लो हुस्सुका कारण दुर्घटना भएको बताइएको छ। बिहान डाइनियाबाट विद्यार्थी लिएर विराटनगर आउँदै गरेको बस अचानक अगाडि आएको मोटरसाइकललाई जोगाउने क्रममा दुर्घटना भएको बताइएको छ।  

विराटनगरको मेरिल्याण्ड कलेजका विद्यार्थी बोकेको बस सुनवर्सी नगरपालिका ९ को भेडुवाथानमा दुर्घटनामा परेको हो। हुस्सुका कारण केही नदेखिने अवस्थामा अगाडि मोटरसाइकल आइपुगेकाले बचाउने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ। 

घाइते भएका विद्यार्थीमा रतुवामाई नगरपालिका ३ की १७ वर्षीया रेजिना घिमिरे, १६ वर्षीया श्रद्धा भट्टराई, मनिषा राजवंशी, निशा ताजपुरीया र विशालकुमार मण्डल रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।  घाइते विद्यार्थीलाई उपचारका लागि विराटनगर ल्याइएको छ। घाइते विद्यार्थी  सबैको अवस्था सामान्य छ। 

प्रकाशित: Jan 19, 2021| 03:59 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।