शनिबार, भदौ २०, २०८३

पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं। अहिले तराईका जिल्लाहरूमा हुस्सु र कुहिरो लागेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ। 

महाशाखाका अनुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै देशको विभिन्न भू-भागहरूमा आकाशमा बादल लागेसँगै राम्रोसँग घाम नलाग्दा  दिउँसोको तापक्रममा हल्का गिरावट आउने महाशाखाको भनाइ छ।

महाशाखाले तराईका केही भू-भागहरूमा बिहानको समयमा बाक्लो हुस्सु/कुहिरो समेत लाग्ने सम्भावना रहेकोले चिसोबाट जोगिनका लागि आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ। 

प्रकाशित: Jan 19, 2021| 01:11 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।