शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पौडेललाई देउवाको प्रस्ताव- लचिलो भइदिनुस्, महाधिवेशन ढिला नगरौँ

पौडेललाई देउवाको प्रस्ताव- लचिलो भइदिनुस्, महाधिवेशन ढिला नगरौँ

पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- पार्टीभित्रको आन्तरिक विवादलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन्।

पौडेललाई भेट्न देउवा बोहराटार पुगेका थिए। भेटमा देउवाले पौडेललाई पार्टीभित्रका विवादका विषयमा लचिलो भइदिन आग्रह गरेका छन्।

सोमबार अपरान्ह पौडेल निवास बोहराटार पुगेका देउवा र पौडेलका बीच करिब डेढ घण्टासम्म समसामयिक राजनीतिक सन्दर्भ र पार्टीको आन्तरिक राजनीतिक विषयहरुमा छलफल भएको थियो।

त्यसक्रममा देउवाले पार्टीभित्रका आन्तरिक विवादका विषयमा सहमतिको प्रस्ताव गरेका हुन्। देउवाले पार्टीको १४ औँ महाधिवेशन धेरै ढिला गर्न नहुने भन्दै विवाद समाधानका लागि लचिलो भइदिन आग्रह गरेका छन्। 

भेटमा पार्टीका क्रियाशील सदस्यमाथिको विवाद छानविन गर्ने समितिको संयोजक रमेश लेखकलाई बनाउन प्रस्ताव गरेका छन्। 

‘समसामयिक राजनीतिक विषयहरुमा छलफल भयो, पार्टीको आन्तरिक विवादलाई टुंग्याएर महाधिवेशनको तयारीमा लाग्नुपर्ने विषयमा समेत छलफल भयो, तर ठोस् सहमति भएन,’ पौडेलको सचिवालयले भन्यो।

प्रकाशित: Jan 18, 2021| 14:20 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।