बुटवल- राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पछिल्लो राजनीतिक घटनाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दाबी गरेका छन्।
भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको उनको ठहर छ।
राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष केसीले यस्तो कुरा बताएका हुन्। सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताए।
ओली र प्रचण्डको स्वार्थ पुरा नहुँदा देश दुर्घटनातर्फ उन्मुख भएको उनको भनाइ छ। ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजन जनताका लागि होइन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बाँडफाँट नमिलेका कारण विभाजित भएको हो’ अध्यक्ष केसीले भने।
उनले सर्वोच्च अदालतसमेत निस्पक्ष हुन नसक्नु दुखद पक्ष भएको बताए।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता केसीले संविधान बनाउँदा नीतिगत बदमासी भएकाले ती बदमासीका कारण अहिले देशले समस्या झेल्नुपरेको बताए।