शनिबार, भदौ २०, २०८३

राजसंस्था पक्षधरलाई एकै ठाउँमा उभिन राणाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन्।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपतिशमशेर जबराले राजसंस्था, हिन्दु राष्ट्र पुनःस्थापनाका पक्षधर सबै एक ठाउँ उभिन आवश्यक भएको बताएका छन्।

‘राष्ट्रियता र प्रजातन्त्रका पक्षमा राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना अपरिहार्य देखिएको बेला, एकै लक्ष्य लिएका हामी सबै हातेमालो गर्न आवश्यक छ,’ राप्रपा अध्यक्ष राणाले सोमबार भनेका छन्।

राजसंस्था र हिन्दु राष्ट्रको माग देशभर फैलिएको उनको भनाइ छ। ‘यस अर्थमा आमजनता र युवा पुस्ताको अग्रसरता सराहनीय छ,’ उनले ट्विट गरेका छन्।

दलीय भूमिकाभन्दा माथि रहने, निष्पक्ष राष्ट्रप्रमुख आवश्यक रहेको अध्यक्ष राणाको भनाइ छ। उनले राजसंस्था पुनःस्थापनाको पक्षमा उनले वकालत गर्दै आएका छन्।

प्रकाशित: Jan 18, 2021| 12:56 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।