शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वास प्रस्तावको हस्ताक्षर

प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वास प्रस्तावको हस्ताक्षर

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन्।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन जना प्रदेशसभा सदस्यले हस्ताक्षर फिर्ता लिएका छन्।

उनीहरुले सोमबार विज्ञप्तिमार्फत झापाकी जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले अविश्वास प्रस्तावमा गरिएको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन्। 

गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयप्रति असहमति जनाउँदै सामाजिक विकास राज्यमन्त्रीबाट राजीनामा दिएकी थिइन्। 

सांसद बुढाथोकी र मैनालीले वामदेव गौतमको एकता अभियानमा लागेको बताएका थिए। 

हस्ताक्षर गरेका तीन सांसदहरुले नेकपाकै सरकारविरुद्ध नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त नभएको बताएका छन्। 

मुख्यमन्त्री राईविरुद्ध नेकपाकै दाहाल–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। 

तीमध्ये उदयपुरकी सांसद कला घले र मोरङकी वसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको बताएका छन्।  

९३ सदस्यीय प्रदेशसभामा नेकपाको ६७ सिट छ। माघ ७ गते संसद्को सातौं अधिवेशन बोलाइएको छ। 


 

प्रकाशित: Jan 18, 2021| 12:22 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।