शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चद्वारा दीप बस्न्यातलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

सर्वोच्चद्वारा दीप बस्न्यातलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग

सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउनेसम्बन्धी विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- सर्वोच्च अदालतले पूर्व अख्तियार प्रमुख दीप बस्न्यातलाई थुनामा पठाउनेसम्बन्धी विशेष अदालतको आदेशको कैफियत प्रतिवेदन मागेको छ।

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकणमा अख्तियारले अभियोग लगाएर मुद्दा चलाएका बस्न्यातलाई विशेष अदालतले थुनामा पठाउने आदेश गरेको थियो।

विशेषको आदेशपछि उनी अहिले डिल्लीबजार कारागारमा थुनामा छन्। 

सोमबार न्याायाधीश हरि फुँयालको एकल इजलासले बस्न्यातको निवेदनमाथि सुनुवाई गर्दै कैफियत प्रतिवेदन माग गरेको हो।

तत्कालीन भौतिक योजना मन्त्रालयको सचिवको हैसियतमा बस्न्यातविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो।

विशेष अदालतको आदेशविरुद्ध ७३ नम्बरको थुनुवा निवेदन लिएर माघ ३ गते सर्वोच्च अदालत पुगेका थिए।

प्रकाशित: Jan 18, 2021| 12:16 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।