शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सम्झौताअनुसार भुक्तानी नपाएपछि फेरि आन्दोलनको तयारीमा उखु किसान

सम्झौताअनुसार भुक्तानी नपाएपछि फेरि आन्दोलनको तयारीमा उखु किसान

सरकारले सम्झौताबमोजिम भुक्तानी दिलाउन नसकेपछि उखु किसान फेरि आन्दोलनको तयारीमा जुटेका छन्।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– सरकारले सम्झौताबमोजिम भुक्तानी दिलाउन नसकेपछि उखु किसान फेरि आन्दोलनको तयारीमा जुटेका छन्।

सरकार र उखु किसानबीच पुस १३ गते २१ दिनभित्र भुक्तानी दिलाउने सम्झौता भएको थियो। 

तर सोमबार सम्झौताको म्याद सकिँदासम्म पनि भुक्तानी नपाएपछि किसानले आन्दोलनको तयारी थालेका हुन्।

सरकारले म्याद सकिँदासम्म भुक्तानी नदिलाएपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न उखु किसानले मंगलबार बैठक डाकेका छन्।

उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायले भने, ‘रकम पाउन आन्दोलन गर्ने कि के गर्ने भन्ने विषयमा छलफल गर्न मंगलबार बैठक बोलाएका छौं।’

रायले सरकारले भुक्तानी दिलाउने सम्झौता गरेको म्याद सकिए पनि भुक्तानी नपाएको बताए। 

‘हामीले ३० करोड रुपैयाँभन्दा बढी रकम लिनुपर्नेछ’, उनले भने, ‘आजसम्मको म्याद दिएर सरकारले दिलाउने भनेको थियो। तर पाएनौं।’

उखु किसानले चिनी उद्योगीलाई उखु बिक्री गरेको रकम पाउनुपर्ने माग गर्दै गत मंसिर अन्तिम सातादेखि काठमाडौंमा आएर आन्दोलन थालेका थिए। 

आन्दोलन स्थगित गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत १३ पुसमा किसानसँग सम्झौता गरेको थियो।

उखु किसानले पाउनुपर्ने भुक्तानी रकमका विषयमा मन्त्रालयमा फरकफरक तथ्यांक छ। 

उद्योगीमार्फत मन्त्रालयमा आउने प्रणालीअनुसार उद्योगीले किसानलाई उपलब्ध गराउनुपर्ने कुल रकम ६५ करोड रुपैयाँ  थियो।

तर, उखु किसानले आफूहरुको करिब ९० करोड रुपैयाँ लिनपुर्न मन्त्रालयमा जानकारी गराएको सचिव रायले बताए। किसानको हिसाबअनुसार अझै ३० करोड रुपैयाँभन्दा बढी रकम लिनुपर्ने उनको भनाइ छ। 

प्रकाशित: Jan 18, 2021| 12:10 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।