शनिबार, भदौ २०, २०८३

फेरि सर्‍यो कांग्रेस बैठक, माघ १३ गते बस्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक फेरि सरेको छ।

यसअघि पनि सरेर भोलि माघ ६ गते (मंगलबार) का लागि तोकिएको बैठक फेरि सरेर माघ १३ गते मंगलबार बस्ने भएको हो।

पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक सरेको जानकारी दिएका छन्।

उनले १३ गतेको बैठकमा केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि जानकारी गराएका छन्।

यसअघि पुस २७ गते दिउँसो १ बजेका लागि तोकिएको बैठक माघ ६ गतेका लागि सरेको थियो।

सरकारले प्रतिनिसभा विघटन गरेपछि कांग्रेस केन्द्रीय कार्य समिति बैठक पुस ७ मा सुरु भएको थियो।

प्रकाशित: Jan 18, 2021| 12:03 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।