शनिबार, भदौ २०, २०८३

२४ घण्टामा ३२२ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट ३७४ जना संक्रमणमुक्त भएका छन्। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। सोही अवधिमा देशभरबाट ३७४ जना संक्रमणमुक्त भएका छन्। 

त्यसैगरी काठमाडौँ उपत्यकामा १६३ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ८६१ छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३०६ जनाको पीसीआर परीक्षण गरिएको थियो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६५ पुगेको छ। अहिले आइसीयूमा १६१ र भेन्टिलेटरमा ३४ जना उपचाररत छन्। 
 

प्रकाशित: Jan 18, 2021| 10:43 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।