शनिबार, भदौ २०, २०८३

नेपालमा पनि भेटियो तीव्र रुपमा फैलिने कोरोना भाइरस

बेलायतबाट नेपाल आएका ३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि भएको छ। 
 |  सोमबार, माघ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, माघ ५, २०७७

काठमाडौं- बेलायतबाट नेपाल आएका ३ जनामा कोरोनाको नयाँ भाइरस पुष्टि भएको छ। 

बेलायतमा कोरोनाको नयाँ भाइरस पुष्टि भएपछि त्यहाँबाट गत पुसमा नेपाल आएकालाई स्वास्थ्य मन्त्रालयले निगरानीमा राखेर परीक्षण गरेको थियो।

परीक्षणका क्रममा ६ जनामा कोरोना पुष्टि भएको थियो। मन्त्रालयका अनुसार उनीहरुको नमुना लिई परीक्षणको लागि हङकङ पठाइएको थियो। 

मन्त्रालयका अनुसार उनीहरुमध्ये ३ जनामा  नयाँ प्रकार/भेरियन्ट कोरोना पुष्टि भएको हो।

बेलायतमा यो नयाँ भाइरस भेटिएपछि त्यहाँ पुनः लकडाउन गरिएको छ।

यो भाइरस पहिलेको कोरोना भाइरसको भन्दा फरक प्रकृतिको र तीव्र रुपमा फैलिने क्षमता भएको भनिए पनि यसको मृत्युदर पहिलेको कोरोना भाइरसको भन्दा बढी रहेको पुष्टि भएको छैन।

नयाँ प्रकृतिको कोरोना भाइरस बेलायत बाहेक अफ्रिकी देशमा तीव्र रुपमा फैलिएको छ। अन्य देशमा पनि बेलायतबाट छिटफुट रुपमा फैलिएको छ। यो भाइरसको उत्पतिबारे अझै अनुसन्धान जारी छ।
 

 

प्रकाशित: Jan 18, 2021| 08:07 सोमबार, माघ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।