शनिबार, भदौ २०, २०८३

मैले गरेका काम संविधानसम्मत छन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका काम संविधानसम्मत रहेको बताएका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा आफूले गरेका काम संविधानसम्मत रहेको बताएका छन्।

अखिल नेपाल महिला संघको भेलालाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘‘प्रधानमन्त्रीको हैसियतमा मैले गरेका काम संविधानअनुसार, लोकतन्त्र, गणतन्त्र र जनताको हितमा छन्। ‘म यी विषयमा जहाँ गएर पनि बहस गर्न तयार छु।’

उनले कानून मिलेन भने प्रधानमन्त्रीको कमजोरी हुने भन्दै राष्ट्रपतिमाथि हमला गर्नु गलत भएको बताए।

‘राष्ट्रपतिमाथि हमला गर्ने काम भएको छ,’ उनले भने, ‘हिजो राजतन्त्र हुँदा राजालाई दाम चढाउन जानेहरु नै उर्लिरहेका छन्।’

लोकतन्त्र, गणतन्त्र, संघीयता र जनताको अधिकारकाविरुद्ध व्यापक हमला भइरहेको प्रधानमन्त्रीको भनाइ छ। 

‘तपाईंहरुले देखिरहनुभएको छ न्यायालय र न्यायमूर्तिमाथि कसरी हमला भइरहेको छ,’ प्रधानमन्त्रीले भने, ‘यो भनेको अदालतमाथिको जनविश्वास कमजोर पार्ने षडयन्त्र हो।’

आफूले न्यायाधीशलाई भेटेको भन्दै गलत अफवाह फैलाएर जनतामा भ्रम छर्ने काम गरिएको बताए।

‘मैले न्यायाधीश भेटेको भनेर हल्ला गरियो। शशिश्रेष्ठ भन्ने महिला त्यही गुटकी महिला हुन्, रमण श्रेष्ठ त्यही गुटका वकिल हुन्,’ उनले भने, ‘उनीहरुले नै यो भ्रम फैलाउने काम गरेका हुन्।’

प्रधानमन्त्री ओलीले निर्वाचन  तोकिएको समयमा नै हुने दाबी गरे।

प्रकाशित: Jan 17, 2021| 12:32 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।