शनिबार, भदौ २०, २०८३

मध्यावधि निर्वाचनबारे आयोगद्वारा दलहरुसँग छलफल

सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखका लागि तोकेको मध्यावधि निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं- सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी बैशाखका लागि तोकेको मध्यावधि निर्वाचनका विषयमा निर्वाचन आयोगले दलहरुसँग छलफल गरेको छ।

आइतबार आयोगले संघीय संसद्, प्रदेशसभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग घोषित मितिमा निर्वाचन सम्पन्न गराउन भइरहेको तयारीका बारेमा छलफल गरेको प्रवक्ता सहसचिव राजकुमार श्रेष्ठले जानकारी दिए।

‘बैशाख १७ मा पहिलो चरण र २७ मा दोस्रो चरणमा निर्वाचन सम्पन्न गर्ने गरी सरकारबाट मिति घोषणा गरिसकेकाले त्यही विषयमा छलफल गरिएको हो,’ उनले भने, ‘निर्वाचन कार्यक्रम सम्पन्न गर्नका लागि सबै किसिमको सहयोग गर्न राजनीतिक दलहरुसँग आग्रह गरेका हौं।’

उनले निर्वाचन कार्यक्रममा सहभागिताका लागि नागरिकलाई पनि सुसूचित गराइदिन दलहरुलाई आग्रह गरिएको जानकारी दिए। आयोगले दलहरुसँग मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम, मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन कार्यक्रमको बारेमा छलफल गरेको हो। 

निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकको काम माघ १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

प्रकाशित: Jan 17, 2021| 11:40 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।