शनिबार, भदौ २०, २०८३

‘ओलीविरुद्ध घृणा उत्पन्न भयो अब जाइलाग्ने हो’

दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब केपी ओलीको निरंकुश कदमविरुद्ध जाइलाग्ने बेला आएको बताएका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– दाहाल–नेपाल समूहको नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अब केपी ओलीको निरंकुश कदमविरुद्ध जाइलाग्ने बेला आएको बताएका छन्।

दाहाल–नेपाल समूहको नेकपा निकट अनेरास्ववियुको उपत्यकास्तरीय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष दाहालले सात दशक लामो उपलब्धिलाई आफूहरुले नै निर्वाचित गरेका ओलीबाट हत्या भएकाले उनीमाथि घृणा उत्पन्न भएको बताएका हुन्। 

दाहालले भने, ‘हामीलाई उनीमाथि घृणा लागेको छ। हामीलाई उनीमाथि आवेग छ। हामी उनीमाथि जाइलाग्न चाहेका छौं।’

मलाई गिरिजाप्रसादले जस्तै लाठी खान मन छ : दाहाल

दाहालले संसद् विघटन भएपछिको अन्योलपूर्ण अवस्थामा देश रोइरहेका बेला ओलीले जनतालाई हँसाउँदै हिँडेको आरोप लगाए। 

उनले भने, ‘ओलीलाई लाज छैन, आफैं नांगै छन् र हाँसिरहेका छन्, हँसाइरहेका छन्।’

ओलीले निरंकुशको बुट बजारेर हाँस्तै र कमेडी देखाउँदै आएको  दाहालको भनाइ छ।

दाहालले ६२/६३ को आन्दोलन स्मरण गर्दै त्यति बेला ओली गणतन्त्र र संघीयता आउँदैन भनेर रोएको बताए। 

उनले भने, ‘आन्दोलनको आँधीहुरी ल्याउँदै थियौं। लाखौं व्यक्ति सडकमा उत्रिएर इतिहास रचना गर्दै गर्दा ओली आन्दोलन गर्नु हुँदैन, गणतन्त्र आउँदैन भनेर रुँदै थिए।’ 

देश रोएका बेला ओली हाँसेको देख्दा आक्रोश उत्पन्न भएको दाहालको छ। 

ओलीको गुट र उनीसँग लोभलालच लागेका नयाँ जोगी देखेर लाज लागेको दाहालले बताए। उनले भने, ‘म अचेल उनीहरुको अनुहारै चिन्दिनँ।’

दाहालले ओलीलाई लम्पसारवादीको संज्ञा दिए। उनले भने, विदेशीसँग लम्पसार गर्ने त उहाँ नै हो, हामी होइनौं।’

समाजवादी आन्दोलनको उत्तराधिकार लिने ऐतिहासिक जिम्मेवारी विद्यार्थीमाथि रहेको बताए। 

उनले ३६ सालको विद्यार्थी आन्दोलनले पञ्चायतलाई घुँटा टेकाएको स्मरण गरे। 

प्रकाशित: Jan 17, 2021| 11:00 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।