शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाहिरको कुरा थाहा छैन, हामीले इजलासको बहसमात्रै सुन्ने हो : प्रधानन्यायाधीश राणा

बाहिरको कुरा थाहा छैन, हामीले इजलासको बहसमात्रै सुन्ने हो : प्रधानन्यायाधीश राणा

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बाहिरको कुरा सुनेर अदालतले फैसला नगर्ने टिप्पणी गरेका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बाहिरको कुरा सुनेर अदालतले फैसला नगर्ने टिप्पणी गरेका छन्।

संसद् विघटनविरुद्ध परेका रिटबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा भइरहेको सुनुवाइका क्रममा राणाले यस्तो बताएका हुन्।

‘अदालतमा विचाराधीन मुद्दामा बाहिरका कुराहरू हाम्रो कानमा पनि छैन, दिमागमा पनि छैन, मनमा पनि छैन। हामीले बाहिर के भइरहेको छ, त्यो हेर्ने पनि होइन। हामीले इजलासमा हुने बहस हेर्ने हो। बाहिर भइरहेको विषयमा हामीलाई कुनै चासो हुने कुरो पनि भएन,’ राणाले भने।

वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले अदालत बाहिर भइरहेका टिकाटिप्प्णी, पूर्व प्रधानन्यायाधीशहरुले जारी गरेको विज्ञप्ति तथा प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिबारे प्रश्न गरेपछि प्रधानन्यायाधीशले यस्तो जवाफ दिएका हुन्।

यसअघि आजकै बहसका क्रममा उनले वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यसँग पनि सवालजवाफ गरेका थिए। राणाले ‘हाउस चल्यो र अविश्वासको प्रस्ताव पनि आएन भने बहुमत भएको पार्टीको सरकारले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन’ भनेर प्रश्न गरेका थिए।

जवाफमा अधिवक्ता आचार्यले ‘हाउस चलेर अविश्वासको प्रस्ताव नआए पनि संसद् विघटन गर्ने अधिकार छैन। संविधानमा यस्तो कुरा उल्लेख नै छैन’ भनेका थिए।

संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।

आज आइतबारका लागि सुनुवाइ सकिएको छ भने भोलिदेखि निरन्तर जारी रहनेछ।


 

प्रकाशित: Jan 17, 2021| 10:42 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।