शुक्रबार, साउन २३, २०८२

ओली त प्रतिक्रान्तिका मतियार हुन् : खनाल

नेकपाका दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रतिक्रान्तिको मतियार रहेको आरोप लगाएका छन्।
 |  आइतबार, माघ ४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

vianetvianet

काठमाडाै‌ं- नेकपाका दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले केपी शर्मा ओली प्रतिक्रान्तिको मतियार रहेको आरोप लगाएका छन्।

दाहाल–नेपाल समूहको नेकपा निकट अनेरास्ववियुले आइतबार राजधानीमा आयोजना गरेको उपत्यकास्तरीय विद्यार्थी भेलामा सम्बोधन गर्दै नेता खनालले ओलीले नियोजित रुपमा आफ्नो प्रतिक्रान्तिकारी चरित्र देखाएको बताएका हुन्। 

पूर्वप्रधानमन्त्री खनालले भने, ‘ओली देशको सेवा होइन, लोकतन्त्र र संविधान, जनादेशविरुद्ध उभिएका छन्। उनी प्रतिक्रान्तिकारी हुन्।’ चरणबद्ध रुपमा सुरु भएको प्रतिक्रान्तिकारी चरित्र संसद् विघटनमा पुगेर चरम रुपमा पुगेको खनालले बताए।

खनालले ओलीलाई दक्षिणपन्थी अवसरवादी प्रवृत्तिमा लागेको आरोप लगाए। उनले भने, ‘उनलाई सम्मान गर्ने कुनै आधार छैन। उनले जनतादेश कुल्चिएका छन्।’

ओली राणाशासन, पञ्चायत र ज्ञानेन्द्रको बाटोतर्फ लागेको भनाइ खनालको छ।

Metro Mart

उनले ओली समूहको नेकपालाई मण्डलेहरुको गुटको संज्ञा दिए। उनले भने, 'उनीहरु त नेकपाबाट फुटेका चोइटा मात्र हुन्।'

ओलीको कदमका कारण देशको भविष्य अन्धकार रहेको खनालले बताए। यस्तै उनले अब देशमा देशीविदेशीको चलखेल हुने भएकाले अब फेरि सडकमा उत्रनुको विकल्प नभएको उनको भनाइ छ।

यसका लागि आगामी ९ गते काठमाडौंलाई नै अस्तव्यस्त हुने गरी प्रदर्शन गरिने बताए। 

नेता खनालले नेपालको राजनीतिक आन्दोलनमा अनेरास्ववियुको त्याग र बलिदानको पनि चर्चा गरे।

प्रकाशित: Jan 17, 2021| 10:02 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।