शनिबार, भदौ २०, २०८३

सामाजिक अभियन्ताको पुस्तक ‘ताङतिङ मेरो गाउँ’ 

कास्कीको पर्यटकीय गाउँ ताङतिङका सामाजिक अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक निबन्धहरुको संगालो ‘ताङतिङ मेरो गाउँ’ पुस्तक सार्वजनिक भएको छ। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

पोखरा– कास्कीको पर्यटकीय गाउँ ताङतिङका सामाजिक अभियन्ता ओमप्रकाश गुरुङको संस्मरणात्मक निबन्धहरुको संगालो ‘ताङतिङ मेरो गाउँ’ पुस्तक सार्वजनिक भएको छ। 

गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) गण्डकीले शनिबार पोखरामा आयोजना गरेको कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो। 

मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ, नेपाल पर्यटन बोर्डका निर्देशक मणि लामिछाने, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, पत्रकार जमुना वर्षा शर्मा, ताङतिङ दूधपोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङ, नौजुपैंगी लामा गुरुङ समाज ताङतिङका अध्यक्ष कृष्णमान गुरुङ, पत्रकार माधव पनेरु, भिटोफका अध्यक्ष नवराज अधिकारी र लेखक स्वयंले पुस्तकको घुम्टो उघारेका हुन्। 

ताङतिङको हिमालय मिलन माविका प्रधानाध्यापक गुरुङको पुस्तकमा गाउँको विकासमा गरिएको संघर्ष, लाहुरे संस्कृतिले पारेको प्रभाव, ग्रामीण जीवनशैलीको चित्रण, पर्यटनले जगाएको आशा र शैक्षिक विकासका विषयलाई निजात्मक रुपमा पस्किएको छ। त्यसैले यो पुस्तक ताङतिङ चियाउने आँखीझ्याल बनेको छ।

गुरुङको पुस्तक ताङतिङ चिनाउन र नयाँ पुस्ताले प्रेरणा लिन कोशेढुङ्गा हुने कार्यक्रमका वक्ताहरुले बताए। आफ्नो ब्लग सेतो सुनाखरीमा बेलाबेलामा लेख्दै आएका गुरुङले लेखन यात्रालाई निरन्तर अघि बढाउने प्रतिबद्धता जनाएका छन्। 

नेत्रकुमारी गुरुङले प्रकाशन गरेको पुस्तकमा ३० वटा छोटाछोटा निबन्ध छन्। यसको सम्पादन पत्रकार अमृत भादगाउँलेले गरेका हुन्। पुस्तकको मूल्य तीन सय रुपैयाँ राखिएको छ। 
 

प्रकाशित: Jan 17, 2021| 09:43 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।