शनिबार, भदौ २०, २०८३

राष्ट्रपति र प्रधानमन्त्रीबीच साढे २ घन्टा छलफल

राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ। 

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए। राष्ट्रपति र प्रधानमन्त्री साढे २ घन्टासम्म मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल भएको शीतल निवास स्रोतले जानकारी दियो। 

बिहान ११ बजेर ४८ मिनेटमा शीतल निवास पुगेका प्रधानमन्त्री ओली दिउँसो २ बजेर २० मिनेटमा निस्केका थिए। पछिल्लो राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल भएको बताइएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला प्रधानमन्त्रीले रास्ट्रपतिलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयले यसलाई नियमित भेट भनेको छ।

प्रकाशित: Jan 17, 2021| 09:12 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।