काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी प्रतिनिधिसभा विघटनविरुद्ध मुद्दामाथि सुनुवाइका क्रममा रिट निवेदकहरुले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन्।
जारी सुनुवाइका क्रममा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यस्तो माग गरेका हुन्।
प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार दिने कि नदिने भन्ने विषयमा संविधानसभामा भएको बहसको रेकर्ड मगाउन माग गरिएको हो।
उनले यस्तो माग गरेपछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूहरुको नोटमा रहेको बताउँदै आवश्यक परे मगाउन सकिने जवाफ दिएका छन्।
सुनुवाइ अहिले जारी छ। अहिले भीमार्जुन आचार्यले बहस गरिरहेका छन्।