शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ‘संविधानमै नभएको कुरा प्रधानमन्त्रीलाई लाग्दैमा गर्न पाइन्छ श्रीमान् ?’ 

‘संविधानमै नभएको कुरा प्रधानमन्त्रीलाई लाग्दैमा गर्न पाइन्छ श्रीमान् ?’ 

वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर गरेका छन्। 
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार हुँदै नभएको जिकिर गरेका छन्। 

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटको पक्षमा बहस गर्दै आचार्यले भने, ‘संसदमा बहुमत भएको प्रधानमन्त्रीले अहिलेको संविधानअनुसार विघटनको ‘व’ पनि उच्चारण गर्न पाउँदैनन्। उनलाई कुनै अधिकार नै छैन संसद् विघटन गर्ने।’

संविधानसभामा भएको छलफलको रेकर्ड संवैधानिक इजलासमा मगाउन माग

प्रधानमन्त्री केपी ओली आफैंले आफूसँग बहुमत रहेको बताइरहेको प्रसंग उल्लेख गर्दै आचार्यले प्रश्न गरे, ‘संसदमा बहुमत भएको प्रधानमन्त्रीले कसरी संसद् विघटन गर्न सक्छ ? प्रधानमन्त्रीले राजनीतिक कारण भन्नुभएको छ, त्यसको औचित्य के हो ? त्यो पनि त प्रष्ट हुनुपर्छ।’

अदालतले पनि राजनीतिक विषयमा बोल्नुपर्ने बताउँदै आचार्यले भने, ‘संविधानभन्दा माथि कोही पनि छैन, न प्रधानमन्त्री न अरु कोही। प्रधानमन्त्रीले चाहे वा नचाहेर संसद् विघटन हुने होइन। संविधानमै नभएको विषयमा प्रधानमन्त्रीलाई लाग्दैमा विघटन गर्न पाइन्छ श्रीमान ?’ 

भीमार्जुनले बोल्दै गर्दा न्यायाधीशहरुले प्रतिप्रश्न पनि गरेका थिए।

संसद् विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस जारी छ।

प्रकाशित: Jan 17, 2021| 07:39 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।