शनिबार, भदौ २०, २०८३

हिउँदमा केटु आरोहण गरेर विश्व कीर्तिमान

नेपालका १० जना हिमाल आरोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान राखेका छन्।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– नेपालका १० जना हिमाल आरोहीले हिउँद याममा विश्वको दोस्रो अग्लो शिखर माउन्ट केटु आरोहण गरेर विश्व कीर्तिमान राखेका छन्।

उनीहरुले स्थानीय समय अनुसार हिजो शनिबार दिउँसो ४ बजेर ५८ मिनेटमा पाकिस्तानमा रहेको उक्त शिखर आरोहण गरेको नेशनल जाेग्राफिक डटकमले जनाएको छ।

किलर समिट वा स्याभेज माउन्टेन पनि भनेर चिनिने केटु हिमालको शिखरमा यसअघि हिउँदमा कोही पनि पुग्न सकेको थिएन। हिउँदमा आरोहण हुन नसकेको आठ हजारभन्दा अग्लो शिखर केटुमात्र बाँकी थियो। १० जना नेपाली शेर्पाले यो काम गरेर देखाएका छन्।

शनिबार केटु आरोहण गर्नेहरु निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, मिङ्मा जी, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा हुन्। आरोहीमध्ये मिङ्मा जीले अक्सिजनबिनै आरोहण गरेको बताइएको छ।

केटुको उचाइ ८ हजार ६११ मिटर हो। 

प्रकाशित: Jan 17, 2021| 07:08 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।