आइतबार, भदौ २१, २०८३

पेनाल्टीको अवसर गुमाउँदा बराबरीमा रोकियो डर्टमन्ड

जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ।
 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं - जर्मन बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्ड बराबरीमा रोकिएको छ।

डर्टमन्डको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम माइन्ज ०५ विरुद्ध १–१ गोलको बराबरी गरेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरी भएपछि दुवै टिमले दोस्रो हाफमा गोल गरे।

माइन्जका लेविन ओज्टुनालीले ५७ औं मिनेटमा गोल गर्दै अग्रता बनाए पनि डर्टमन्डका थोमस म्युनियरले ७३ औं मिनेटमा गोल गर्दै बराबरी गरे। तर, ७६ औं मिनेटमा डर्टमन्डले पाएको पेनाल्टीमा मार्को रिउस चुकेपछि जितको अवसर गुमाए।

यसकारण चौथो स्थानको डर्टमन्डले रेलिगेसन जोनको माइन्जसँग अंक बाँड्न पुग्यो।

गएरातिको खेलसँगै डर्टमन्डको २९ अंक छ भने सात अंकका साथ माइन्ज रेलिगेसन जोनमा छ।

गएरातिकै अर्को खेलमा  दोस्रो स्थानको आरबी लाइप्जिकले छैटौं स्थानको उल्फस्बर्गसँग २–२ गोलको बराबरी गरेको छ।

लाइप्जिक ३२ अंकका साथ दोस्रो स्थानमा रहँदा शीर्षस्थानको बायर्नभन्दा एक अंक पछि छ।

प्रकाशित: Jan 17, 2021| 01:02 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।