आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सेटिङबाहेक कुनै पनि ताकतले संसद पुनर्स्थापनालाई रोक्दैन : नेता भुसाल  

सेटिङबाहेक कुनै पनि ताकतले संसद पुनर्स्थापनालाई रोक्दैन : नेता भुसाल  

नेकपा दाहाल-नेपाल पक्षका नेता घनश्याम भुसालले सेटिङबाहेक अर्को कुनै पनि तागतले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

बुटवल- नेकपा दाहाल-नेपाल पक्षका नेता घनश्याम भुसालले सेटिङबाहेक अर्को कुनै पनि तागतले संसद पुनर्स्थापनालाई रोक्न नसक्ने बताएका छन्। 

उनले देशलाई बर्बादीबाट बचाउनका लागि संसद पुनर्स्थापनाको विकल्प नभएको भन्दै न्यायलयले संसद पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे।

‘संविधानलाई च्यातिन नदिन पनि संसद पुनर्स्थापना हुनुपर्छ’ नेकपा दाहाल–नेपाल पक्षको रुपन्देहीको तिलोत्तमा भेलालाई सम्बोधन गर्दै नेता भुसालले भने, ‘संसद पुनर्स्थापना नभए मुलुक डरलाग्दो भूमरीमा फस्छ।’ 

नेता भुसाले न्यायलाई दबाब दिने गरी काम भएको भन्दै त्यसो हुन नदिन आफूहरु सडक संघर्षमा रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधान भत्काउने योजनाअनुसार संसदबाट आक्रमण सुरु भएको बताए। 

‘सबै कुरा आफ्नो नियन्त्रणमा राख्न नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो, प्राप्त उपलब्धिहरु नाँसिने खतरा छ’ उनले भने। 

संसद पुनर्स्थापना हुन नदिने षड्यन्त्रविरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबद्ध हुनुपर्ने उनको भनाइ छ। नेता भुसालले देशका बुद्धिजिवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने बताए। 

पूर्व मन्त्रीसमेत रहेका नेता भुसालले पार्टी कब्जा गर्ने, विधि-प्रक्रियाअनुसार नचलाउने, घोषणा पत्रअनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने कुरामा बाहेक पार्टीले प्रधानमन्त्रीलाई कुनै काममा अवरोध नगरेको स्पष्ट पारे।

प्रकाशित: Jan 16, 2021| 13:07 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।