आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले राष्ट्रघात गरे : कांग्रेस नेता खाँण 

प्रधानमन्त्रीले राष्ट्रघात गरे : कांग्रेस नेता खाँण 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले सगरमाथाको बाहनामा नेपालको राष्ट्रियता कमजोर बनाउन संलग्न भएको आरोप लगाएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

बुटवल- नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री केपी ओलीले सगरमाथाको बाहनामा नेपालको राष्ट्रियता कमजोर बनाउन संलग्न भएको आरोप लगाएका छन्। 

केही समय पहिले विदेशी प्रयोग गरेर सगरमाथाको उचाई नाप्ने र अहिले विदेशी पत्रकारलाई सगरमाथा क्षेत्रमा पठाएर प्रधानमन्त्रीले सगरमाथाप्रति धावा बोलेको उनको आरोप छ। प्रतिनिधिसभाविरुद्ध नेपाली कांग्रेसले रुपन्देहीको तिलोत्तमामा गरेको विरोधसभालाई शनिबार सम्बोधन गर्दै नेता खाँणले प्रधानमन्त्रीकै कारण राष्ट्रघाती काम भएको बताए। 

नेपालको सगरमाथाको उचाइ नेपाली वैज्ञानिकहरुले नै  नाप्न सक्ने अवस्थामा उत्तरी छिमेकी चीनलाई दिने काम गलत भएको उनको भनाइ थियो। ‘छिमेकी चीनलाई सगरमाथाको उचाइ नाप्न दिइयो, अहिले दक्षिणको छिमेकी पत्रकार बोलाएर सगरमाथामा पठाएर राष्ट्रघाति काम भयो’ नेता खाँणले भने। भारतीय पत्रकारलाई अन्तर्वार्ताका लागि प्रधानमन्त्रीले बोलाएर कालापत्थरसम्म हेलिकप्टर मार्फत् पठाएको उनको जिकिर छ। 

प्रधानमन्त्रीले बोलाएर सगरमाथाको बाहनामा नेपालको राष्ट्रियतालाई कमजोर पार्न खोजिएको उनको भनाइ छ।
नेता खाँणले प्रधानमन्त्रीले देशलाई अस्थिरतातर्फ लगेको बताए। कम्यूनिष्ट निरंकुश शासन व्यवस्था ल्याउन प्रतिनिधिसभा भंग गरेको उनको आरोप छ। कम्यूनिष्ट सरकारले लोकतन्त्र कमजोर पारेको बताए। 

प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले लुम्बिनी प्रदेशका स्थानीय तहमा विरोध प्रर्दशन गरेको छ। प्रदेशका १०९ स्थानीय तहमा विरोध प्रदर्शन गरिएको कांग्रेस नेताहरुले बताएका छन्। केन्द्रीय कार्यक्रमअनुसार कांग्रेसले विरोधसभा मार्फत् नेकपाको सरकारले संविधान र लोकतन्त्रमाथि नै प्रहार गरेको आरोप लगाए।  

प्रदेशका १२ वटै जिल्लाका स्थानीय तहमा भएका प्रदर्शनमा कांग्रेसका केन्द्रीय तथा स्थानीय नेताहरुले सम्बोधन गरेका थिए।

प्रकाशित: Jan 16, 2021| 12:48 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।