आइतबार, भदौ २१, २०८३

ओली अराजक बन्दै गए : नेता कोइराला 

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

विराटनगर- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली अराजक बन्दै गएको आरोप लगाएका छन्।

शनिबार विराटनगरमा आयोजित मानवअधिकार तथा शान्ति समाजको साधारणसभा उद्घाटन कार्यक्रममा नेता कोइरालाले प्रधानमन्त्री ओली अराजक बन्दै गएको आरोप लगाएका हुन। ओलीलाई स्वेच्छाचारी र अराजक बनाउन माधव नेपाल र प्रचण्डको पनि भूमिका रहेको  कोइरालाको आरोप छ। मैले जे बोलें त्यही हो संविधान र कानुन भन्ने ओलीको मनसाय नेपाली जनताले नस्वीकार्ने कोइरालाले स्पष्ट पारे। 

मानअधिकारवादी नेता कृष्ण पहाडीले अदालतले संसद पुनस्र्थापनाको निर्णय गरे हाल देखिएको आधा समस्या समाधान हुने बताए। अदालतले फोहोर नखाए संसद पुनस्र्थापना हुने पहाडीको दाबी छ। उनले संविधानविपरितको काम गरेर प्रधानमन्त्रीले दलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको आरोप लगाए। पार्टीका नेता, कार्यकर्ताले काम गर्न नदिएपछि र दलभित्र किचलो भएपछि प्रतिनिधिसभा विघटन गरेको अभिव्यक्ति दिएर प्रधानमन्त्रीले बहुदलीय व्यवस्थामा निर्दलीय चरित्र देखाएको पहाडीको आरोप छ। 

कार्यक्रममा प्रदेश–१ का निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, जनता समाजवादी पार्टी प्रदेश–१ का संसदीय दलका नेता जयराम यादव, मानवअधिकारकर्मी सोमराज थापा, महेन्द्र सिटौलालगायतले प्रधानमन्त्रीले असंवैधानिक र अलोकतान्त्रिक कदम चालेकाले सच्याएर नेपालको राजनीतिलाई सही बाटोमा ल्याउनुपर्ने धारणा राखे।
साधारणसभाले भेषराज पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उपसभापतिमा धन थापा कार्की, सचिवमा अशोक लामा, सहसचिवमा सीताराम चौलागाईं र कोषाध्यक्षमा डा. जीवन ढकाल सर्वसम्मतबाट चयन भएका छन्।

प्रकाशित: Jan 16, 2021| 12:40 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।