आइतबार, भदौ २१, २०८३

ओलीले लोकतन्त्र खतरामा पारे : नेता पाण्डे 

नेकपाको दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

विराटनगर- नेकपाको दाहाल–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि प्रहार गरेको आरोप लगाएका छन्। 

शनिबार मोरङको बेलबारीमा अनेमसंघ मोरङको अगुवा कार्यकर्ता भेलामा नेता पाण्डेले पहिला देशमा लोकतन्त्र ल्याउनु पर्छ भन्दा बयल गाढा चढेर अमेरिका पुगिँदैन भन्नेले लोकतन्त्रलाई नै धरापमा पार्ने काम गरेको बताए।

लोकतन्त्रलाई थाम्न सबै एकजुट हुने बेला आएको उनले बताए। संविधानले दिँदै नदिएको अधिकार प्रयोग गरेर संसद विघटन गरेको भन्दै उनले संसद पुनस्र्थापना भएरै छाड्ने दाबी गरे। 

प्रधानमन्त्री ओलीले अदालतमा पेश गरेको फाईल चोरी गरेकोसमेत उनले आरोप लगाए।

ओलीको प्रवृत्तिले प्रतिक्रियावादीहरु सलबलाउन थालेको पाण्डेको आरोप छ। उनले भने, ‘ओली ओरालो यात्रामा रहेकाले केही दिनमा यात्रा सकिन्छ।’ पार्टीको बहुमत सदस्य आफूहरुसँग भएकाले नेकपा र सूर्य चिन्ह आफूहरुसँगै रहने उनको दाबी छ।

प्रकाशित: Jan 16, 2021| 12:26 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।