आइतबार, भदौ २१, २०८३

चैतअघिकै स्वरुपमा बाग्मती सफाइ महाअभियान

बाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- बाग्मती सफाइ महाअभियान चैतअघिकै अवस्थामा हुन थालेको छ।

गत वर्षको चैत ११ गतेपछि कोरोना भाइरसको महामारीका कारण बन्दाबन्दी भएसँगै भौतिक दूरी कायम गरी स्वास्थ्य र सुरक्षाका विधि अपनाएर सफाइ गरिन्थ्यो।

महाअभियानको ४०१औँ हप्तामा मीनभवन तीनकुने क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ। सफाइमा सशस्त्र प्रहरी परिवार महिला संघका अध्यक्ष सरिता खनालको नेतृत्वमा ८० जना सफाइमा सहभागी भएका थिए। अभियानकर्मीसहित २०० जनाले बाग्मती सफाइमा भाग लिएको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलले जानकारी दिइन्।

गत हप्ता महाअभियानको ४००औँ हप्तापछि चैतअघिकै स्वरुपमा बाग्मती सफाइ हुन थालेको छ। आजको सफाइबाट चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको जानकारी पनि उनले दिइन्।

विष्णुमती सफाइ अभियानको ३३३औँ हप्तामा तारकेश्वर नगरपालिका क्षेत्रमा सफाइ गरियो। तारकेश्वर सरसफाइ अभियानको अगुवाइमा नेपालटार चोकबाट लोकतान्त्रिक चोकसम्म सफाइ गरिएको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए। यसैगरी विष्णुमतीको माथिल्लो क्षेत्र सफाइ अभियान बूढानीलकण्ठ नगरपालिकाको पासिकोट क्षेत्रमा गरिएको छ। त्यसक्षेत्रमा अभियानकर्मी रामकुमार श्रेष्ठको अगुवाइमा सफाइ हुँदै आएको छ। 

मनोहरा सफाइ अभियानको २००औँ हप्तामा काठमाडौँ महानगरपालिका– ३२ स्थित जडिबुटी पुल मनोहरा कृषि बजार क्षेत्रमा सफाइ गरिएको छ। १०० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट दुई गाडी फोहर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए।

यसैगरी गुह्येश्वरीमाथिको बाग्मती, रुद्रमती, चक्रपथको उत्तर र पश्चिमी भेग, ललितपुरको गोदावरी खोलालगायत स्थानमा पनि आज सफाइ गरिएको छ। विसं २०७० जेठ ५ गतेदेखि वाग्मती सफाइ महाअभियान शुरु भएको हो। महाअभियान शुरु भएपछि यसका सहायक नदीमा पनि सफाइ शुरु भएको छ।

बाग्मती सफाइ महाअभियानले देशव्यापी जागरणको स्वरुप ग्रहण गरेको छ। वाग्मतीको प्रेरणाले हाल देशका १०६ भन्दा बढी स्थानमा सफाइ भइरहेको छ। मुख्य मुख्य शहर, नदी, पोखरी, कुण्ड ताल, तलाउ, सांस्कृतिक सम्पदा सफाइ अभियानमा स्थानीयवासी जुट्न थालेका छन्।

महाअभियान शुरु भएपछि जाडो, गर्मी, भूकम्प, कोरोना महामारी, चाडपर्व कुनै पनि शनिबार सफाइ छुटेको छैन। अभियानकर्मी थोरै भए पनि सफाइले भने निरन्तरता पाउँदै आएको छ। रासस

प्रकाशित: Jan 16, 2021| 12:00 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।