आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रकाशमानको प्रश्न- ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? 

प्रकाशमानको प्रश्न- ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? 

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन सिफारिस गरेको भन्दै कांग्रेस टुलुटुलु हेरेर नबस्ने बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध शनिवार वसन्तपुरमा आयोजित सभामा बोल्दै उनले प्रधानमन्त्री ओलीले आफैलाई संविधान ठान्न मिल्छ ? भन्दै प्रश्न गरे।

उनले राष्ट्रपति, प्रधानमन्त्री, सांसद सबैले संविधानको पालना गर्नुपर्ने बताए। 

‘मै संविधान हुँ भनेर प्रतिनिधिसभा विघटन गर्न पाइन्छ ?,’ नेता सिंहले भने, ‘कांग्रेसको नेतृत्वमा संविधान जारी भएको हो। निर्वाचित प्रधानमन्त्रीले असंवैधानिक कदम उठाउँछ भने कांग्रेस टुलुटुलु हेरेर बस्दैन।’ 

उनले संविधानको बर्खिलापमा प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले अनुमोदन गर्न पाइन्छ ? भन्दै प्रश्न गरे। संविधानको रक्षक भएकाले असंवैधानिक काम हुन नदिनु राष्ट्रपतिको दायित्व भए पनि राष्ट्रपति त्यसमा चुकेको उनको भनाइ थियो। 

उनले सरकारले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता गर्दा, जनतालाई नियन्त्रण गर्ने विधेयक ल्याउँदा प्रचण्ड, माधव नेपल, झलनाथ खनाल, बाबुराम भट्टराईहरु कतै नबोलेको भन्दै अहिले पार्टीमा लेनदेन नमिलेपछि बोल्न थालेको बताए।

प्रकाशित: Jan 16, 2021| 10:36 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।