आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवामाथि पौडेलको कटाक्ष-‘न्यायाधीशलाई महाअभियोग लगाउनेहरु नै अदालतलाई दबाब दिन हुँदैन भन्छन्’

देउवामाथि पौडेलको कटाक्ष-‘न्यायाधीशलाई महाअभियोग लगाउनेहरु नै अदालतलाई दबाब दिन हुँदैन भन्छन्’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकुल फैसला नआउँदा न्यायाधीशमाथि महाअभियोग लगाउन तम्सिनेहरु अदालतलाई दबाब दिन नहुने भनिरहेको बताएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू अनुकुल फैसला नआउँदा न्यायाधीशमाथि महाअभियोग लगाउन तम्सिनेहरु अदालतलाई दबाब दिन नहुने भनिरहेको बताएका छन्।

संसद् विघटनविरुद्ध कांग्रेस भरतपुर महानगरपालिका समितिले आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

उनले सभापति शेरबहादुर देउवाले बारम्बार अदालतलाई दबाब दिन नहुने भनेर दिइरहेको अभिव्यक्तिप्रति लक्षित गर्दै भने, ‘आफू अनुकुल फैसला नआउँदा न्यायधीशलाई महाअभियोग लगाउन तम्सिनेहरु अदालतलाई दबाब दिन हुँदैन भनिरहेका छन्। म त्यस्तो दोहोरो चरित्रको कुरा गर्दिनँ।’

उनले अदालतलाई असंवैधानिक निर्णय सच्याउँ भन्न सकिने बताए। उनले अदालतमा बहस गर्ने, अनुरोध गर्न सकिने र कांग्रेसले त्यही गरिरहेको बताए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई खुलमखुला दबाब दिइरहेको भन्दै आपत्ति जनाए। ‘अहिले केपी ओलीले यो मेरो राजनीतिक निर्णय हो। संविधानमा अक्षर पढ्न नघोरिनुस्, खारेज गरिदिनुस् भनेर न्यायलयलाई धम्काइरहेका छन्,’ उनले भने, ‘प्रधानमन्त्रीले न्यायलयलाई धम्की दिने हो? हामीले संविधान भत्किएको छ, सुधारियोस् भन्दा अदालतले धम्की दिएको भन्न मिल्दैन।’ 

उनले अहिले कांग्रेस सरकारमा नभएको भन्दै न्यायलयलाई दबाब होइन अनुरोध गरिएको बताए। ‘हाम्रो अनुरोधले न्यायाधीशको जागिर जाँदैन, तलब काटिँदैन। हामी अहिले सरकारमा छैनौँ। नागरिक हौं,’ उनले भने, ‘प्रधानमन्त्रीले धम्काउँदा हामीले हामीले संविधान हेर्नुस् भन्न मिल्ने कि नमिल्ने? संविधानलाई रछ्यानमा फ्याकिँदा टुलुटुलु हेरेर बस्न सकिँदैन। त्यसैले संसद् पुर्नस्थापना हुनुपर्छ।’

उनले सभापति देउवाले चुनाव चुनाव भनिरहेको बताउँदै संसद् पुर्नस्थापना भए पनि कांग्रेसलाई फाइदै हुने बताए। ‘संसद् पुर्नस्थापना हुँदा पनि हामीलाई फाइदै हुन्छ। हामी निर्णायक हुन्छौँ,’ उनले भने, ‘तालुमा आलु फले (देउवा) फेरि प्रधानमन्त्री हुन सक्नुहुन्छ। किन चुनाव, चुनाव भनिरहनुभएको छ?’

उनले सत्ताका लागि मात्रै कांग्रेसले राजनीति नगरेको भन्दै लोभलालचमा फस्न नहुने बताए। ‘चुनाव आइहाल्यो भनेर कांग्रेस दौडिएर जाँदैन। लोकतन्त्रको जिम्मेवारी काँधमा बोकेको पार्टी हो। हामीले पहिले लोकतन्त्र जोगाउँछौं,’ उनले भने, ‘पहिले यो संविधानलाई जोगाउँछौ। पञ्चायतमा पनि चुनाव भएकै हो नि। यो संविधान जोगाएर संविधानमा टेकेर मात्रै चुनावको कुरा गर्नुपर्छ।’

उनले ओलीले प्रतिनिधिसभाको विघटन सांसदहरुलाई सडकमा ल्याउन मात्र नगरेको बताए। उनले ओलीको कदम नेपालको इतिहासको घोर लोकतन्त्रविरोधी मात्रै होइन, राष्ट्रद्रोही कदमसमेत भएको बताए। 

‘यो समान्य कुरा होइन। एउटा प्रतिनिधिसभा गयो अर्को चुनावबाट आउँछ भनेजस्तो सहज होइन। यो समान्य कुरा होइन। अहिलेको प्रतिनिधिसभा विघटनको कदम राष्ट्रहित विपरितको कदम हो,’ उनले भने, ‘निर्वाचन गर्न ओलीले विघटन गरेको होइनन्। यो राष्ट्रविरोधी कदम होे। कहिले पनि देशको प्रगति हुन नदिन चालिएको चाल हो। त्यसैले यो सच्चिनुपर्छ।’

उनले अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेन भने के भन्नुहुन्छ भनेर प्रश्न उठ्ने गरेको भन्दै भने, ‘अदालतले पुनर्थापना नभए सदर गरिदियो भने म प्रश्न गर्छु नेपालमा न्याय छ कि छैन ? व्याख्या गर्ने न्यायलय छ कि छैन?’

उनले जनता सबैभन्दा ठूलो भन्ने र जनताकै छातीमा लात हानेर जनताकै कुरा गर्ने भन्दै प्रश्नसमेत गरेका छन्। पौडेलले कांग्रेसले केपी ओलीको काउन्टर गरिरहने बताए। तर, कांग्रेस दोधारे चरित्र हुन नहुने उनको भनाइ थियो। ‘पहिले सिद्धान्त बचाऔं, अनि चुनावको कुरा गरौंला।’ 

प्रकाशित: Jan 16, 2021| 09:58 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।