आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो : नेम्वाङ 

अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हो : नेम्वाङ 

नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको बताएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेकपाको ओली पक्षीय नेता सुवास नेम्वाङले ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको बताएका छन्।

काठमाडौंमा आयोजित प्रदेश १ को प्रदेशस्तरीय कार्यकर्ता भेलामा नेम्वाङले पार्टीका 'प्रथम अध्यक्ष' ओली र महासचिव भएको पार्टी नै आधिकारिक पार्टी हुने बताए।

उनले भने, ‘प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक नेकपा हो। महासचिव नै नभएको ठाउँमा कसरी बैठक गरेर उहाँहरुले पार्टी अध्यक्षलाई नै कारबाही गर्नु भएको रहेछ ? अहिले त फेरि महासचिवलाई पनि कारबाही गरिएको भन्नुभएको रहेछ।’

नेम्वाङले पार्टीको महाधिवेशनबाट निर्वाचित भएका अध्यक्षलाई कारवाही गरेँ भन्नु कसरी आधिकारिकता हुन्छ भन्दै प्रश्न गरे। ‘आफ्नो पक्षमा भएन भने आँधी बेहरी आउँछ भन्नुभएछ। पार्टीको विधान कानून नियमका हिसाबले हामीले आधिकारिकता पाउनेमा कुनै सन्देह छैन।’

उनले दाहाल नेपाल समूहले प्रतिपक्षी दलका नेतालाई भेटेर प्रधानमन्त्री बन्न आग्रह गरेको प्रसंग कोट्याँदै भने, ‘केपी ओलीलाई अस्वीकार गरेर गर्न खोजिएको के हो यसको जवाफ अहिले आम जनता र कार्यकर्ताले खोजिरहेका छन्।’ 

उनले अहिले नेकपा ओलीकै नेतृत्वमा अगाडि बढिरहेको भन्दै अगाडि भने, ‘पार्टीको अध्यक्ष केपी ओली, महासचिव विष्णु पौडेल हुनुहुन्छ अर्को अध्यक्ष प्रचण्ड र अरु नेताहरू कायमै हुनुहुन्छ। हामीले कसैलाई कारबाही गरेका छैनौँ, हामीले सुन्दैछौँ, केही साथीहरूले ओलीलाई निकाल्नु भयो, कारबाही गर्नु भएको छ रे।’

नेम्वाङले माधव नेपालको नामै बिर्सिएको भन्दै अगाडि भने, ‘नवौँ महाधिवेशन केपी ओलीसित पराजित भएका कुनै एक व्यक्तिले कारबाही गरेर आफैँ अध्यक्ष बन्नु भयो रे। उहाँको मैले नामै बिर्सिएँ। उहाँ कसरी अध्यक्ष बन्नु भएछ।’ 

उनले आफू अहिलेसम्म पार्टी एकताकै पक्षमा रहेको बताए। ‘हामी त अहिलेसम्म पनि पार्टी एकताकै पक्षमा छौँ, हामीले कसैलाई कारबाही गरेको छैनौं। अहिले धेरै कुरो उठेका छन्।’ नेम्वाङले भने।

प्रकाशित: Jan 16, 2021| 09:35 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।