आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पार्टी एकीकरण होइन पुनर्गठन भएर अघि बढ्छ : छविलाल विश्वकर्मा

पार्टी एकीकरण होइन पुनर्गठन भएर अघि बढ्छ : छविलाल विश्वकर्मा

नेकपाको ओली पक्षीय स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले ३ वर्षसम्म पनि पार्टी एकीकरणको काम सम्पन्न नभएको भन्दै अब पुनर्गठन हुने बताएका छन्।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- नेकपाको ओली पक्षीय स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले ३ वर्षसम्म पनि पार्टी एकीकरणको काम सम्पन्न नभएको भन्दै अब पुनर्गठन हुने बताएका छन्।

जनसम्पर्क समन्वय कमिटी इन्चार्जसमेत रहेका विश्वकर्माले एकीकरण ३ वर्षभित्र सक्ने भनिए पनि नभएकाले अब एकीकरण नभई पुनर्गठन भएर अघि बढ्ने बताए।

काठमाडौंमा आयोजित प्रदेश नं. १ स्तरीय ओली पक्षीय कार्यकर्ता भेलामा विश्वकर्माले अहिलेको परिस्थितिमा देशको भौगोलिक र रास्ट्रिय अखण्डताको रक्षाका लागि अब एकजुट हुन जरुरी रहेको बताए।

उनले भने, ‘मुर्झाएको समृद्धिको सपनालाई साकार बनाउन केपी ओलीले जसरी नेतृत्व लिनुभयो अब हामी नेता कार्यकर्ताले पनि त्यसमा ध्यान दिनुपर्नेछ। हाम्रो संघीयता जनतालाई सक्षम बनाउनका लागि हो। परिवर्तनले प्राप्त गरेको उपलब्धी रक्षा र संस्थागत गर्न ओलीको नेतृत्व मात्रै सफल हुनेवाला छ।’

उनले पार्टीको वैधानिकताका विषयमा द्विविधामा पर्नुपर्ने आवश्यकता नरहेको भन्दै देशैभर भएको पार्टीका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता र समर्थनले नै पुष्टि ओली पक्ष आधिकारिक नेकपा भएको दाबी गरे।

उनले सरकारलाई काम गर्न नदिने परिस्थिति निर्माण भएपछि नै जनतालाई नै अब निर्णय गर्न दिने भनेर निर्वाचनमा जाने घोषणा भएको जिकिर गरे। ‘अब मुलुक निर्वाचनमा गइसकेकोले कसैले पनि भ्रम पालेर बस्न आवश्यक छैन।’ उनले भने। 

प्रकाशित: Jan 16, 2021| 08:37 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।