आइतबार, भदौ २१, २०८३

सौराहामा  ‘सेल्फी प्वाइन्ट’

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

चितवन। कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण विदेशी पर्यटक आउन छाडेपछि यहाँका व्यवसायीले आन्तरिक पर्यटन प्रवर्द्धनमा लागेका छन्। 

‘घुमौ सौराहा’ अभियानसँगै व्यवसायीले आएका पर्यटकलाई अधिकतम मनोरञ्जन दिन विभिन्न क्रियाकलाप थपेका छन्।

सौराहा पुगेका पर्यटकलाई त्यहाँको पहिचान झल्किने गरी तस्बिर खिच्न ‘सेल्फी प्वाइन्ट’ निर्माण गरिएको छ।

राप्ती नदी किनारमा रहेको सनसेट भ्यू रेष्टुरेन्ट परिसरमा सेल्फी प्वाइन्ट स्थापना गरिएको बताइएको छ। आन्तरिक तथा बाह्य पर्यटकमध्ये युवायुवतीदेखि वृद्धवृद्धासम्म सेल्फी प्वाइन्टमा गएर फोटो खिच्ने गरेका छन्।

सेल्फी प्वाइन्टमा फोटो खिच्दा पछाडि आकर्षकरूपमा सौराहा लेखिएको छ भने पृष्ठभूमिमा निकुञ्ज देखिन्छ।

सानो लगानीमा निर्माण गरिएको भए पनि त्यहाँ पुग्ने पर्यटकले पालो कुरेरै भए पनि तस्बिर खिचाउने गरेका छन्।

कतिपय पर्यटक फोटो खिच्नका लागि मात्रै भए पनि आउने गरेको रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले जानकारी दिए।

मंसिरको पहिलो साता राखिएको सो प्वाइन्टमा अहिले सौराहाको चिनारीको रूपमा विकास भएको उनले बताए।

उनका अनुसार अहिले दैनिक ३०० हाराहारी पर्यटकले सो सेल्फी प्वाइन्टमा फोटो खिच्ने गरेका छन्। 

क्षेत्रीय होटल एशोसिएसन सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले यसले पर्यटकलाई सौराहा आयौँ भन्ने अनुभूति दिलाउने काम गरेको बताए। 

कोरोना कहरबाट थलिएको यस व्यवसाय अहिले केही तङ्ग्रिन थालेको व्यवसायीले बताएका छन् । अहिले सौराहा बस्ने गरी आउने पर्यटकको सङ्ख्या दैनिक ६०० को हाराहारी पुगेको पूर्वअध्यक्ष घिमिरेको भनाइ छ।

घुम्नका लागि मात्रै आउने पर्यटक एक हजार ५०० भन्दा बढी हुने गरेका छन्। रासस

प्रकाशित: Jan 16, 2021| 07:30 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।