आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता

तीनदिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं - तीनदिने औपचारिक भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच आज भेटवार्ता भएको छ। 

रक्षामन्त्री सिंहको निवासमा उनीहरूबीच भेटवार्ता भएको सिंहले ट्विटमार्फत् जानकारी दिएका छन्। 

‘भारतको सम्बन्ध नेपालसँग सरकारमा मात्रै सीमित रहेको छैन,’ भेटपछि ट्विटरमा सिंहले लेखेका छन्, ‘सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको छ।’

नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुन बिहीबार नयाँ दिल्ली पुगेका मन्त्री ज्ञवालीसँग रक्षामन्त्री सिंहले अन्य द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको बताइएको छ। 

भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य पनि सहभागी थिए। 

तीनदिने औपचारिक भ्रमण सकेर मन्त्री ज्ञवाली आज साँझ नेपाल वायु सेवा निगमको नियमित उडानबाट काठमाडौं फर्किने छन्।

प्रकाशित: Jan 16, 2021| 06:20 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।