आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री लगायतका नेताहरुले सम्बोधन गर्ने

ओली समूहले काठमाडौंमा कार्यकर्ता भेला गर्दै, प्रधानमन्त्री लगायतका नेताहरुले सम्बोधन गर्ने

राजनीतिक रूपमा विभाजित बनेको नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं– राजनीतिक रूपमा विभाजित बनेको नेकपाको ओली समूहले आज काठमाडौंमा कार्यकर्ता भेलाको आयोजना गर्दैछ। 

दिउँसो १ बजे तीनकुनेको रोयल ब्याङ्केटमा ओली समूहले कार्यकर्ता भेलाको आयोजना गर्न लागेको हो। 

उपत्यकामा बस्ने प्रदेश १ का नेता कार्यकर्ताहरुको सहभागीतामा प्रदेश सम्पर्क कमिटीले भेलाको आयोजना गरेको हो।

भेलालाई प्रधानमन्त्री एवम् ओली समूहका अध्यक्ष केपी शर्मा ओली, प्रदेश १ का इन्चार्ज सुवासचन्द्र नेम्वाङ, शहरी विकास मन्त्री एवं् प्रदेश २ का अध्यक्ष प्रभु साहलगायतले सम्बोधन गर्ने कार्यक्रम छ।   

पुस ५ गते संसद विघटन भएयता नेकपाको दुवै समूहले भेला, आमसभा, बैठक लगायतका कार्यक्रम गर्दै आइरहेका छन्। 

ओली समूहले प्रतिनिधिसभाको विघटन पछि अब ताजा जनादेशमा जाने भन्दै देशभर प्रशिक्षण र कार्यक्रमलाई तीव्रता दिएको छ। 

उता दाहाल–नेपाल समूहले भने संसद विघटन असंवैधानिक भएको भन्दै देशभर नेता कार्यकर्तालाई आन्दोलनमा उत्रिन निर्देशन दिँदै आएको छ।  

प्रकाशित: Jan 16, 2021| 06:18 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।