आइतबार, भदौ २१, २०८३

सुदूरपश्चिममा उत्तरायणी पर्व मनाइँदै 

आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व सुरु भएको छ। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

डोटी– आज माघ ३ गते सुदूरपश्चिम प्रदेशवासीको अर्को प्रमुख चाड उत्तरायणी पर्व सुरु भएको छ। 

यहाँका नौवटै जिल्लाका महिलाले बिहानैदेखि उक्त पर्व मनाउन थालेका छन्। विषेशगरी यो पर्व सुदूरपश्चिममा महिलाले मनाउने चलन रहेको छ। 

डोटीसहित सुदूरपश्चिम प्रदेशका अन्य पहाडी जिल्ला अछाम, बाजुरा, डडेल्धुरा, बझाङ, बैतडी तथा दाुर्चलाका गाउँघर तथा बजारमा रहेका स्थानीयवासी सबै आ–आफ्नो पायक पर्ने ठाउँमा जम्मा भई नजिकैको खोला, जङ्गल तथा डाँडाकाडाँमा खाना पकाइ खाने तथा दिनभरि सुदूरपश्चिमेली डेउडा खेल खेल्ने र रमाइलो गरी आज दिनभरि उत्तरायणी पर्व मनाउने गर्दछन्। बिहानैदेखि यहाँका स्थानीयवासी उत्तरायणी पर्व मनाउनमा व्यस्त रहेका देखिन्छन्। 

परापूर्वकालदेखि यहाँका पहाडी जिल्लामा प्रत्येक माघ महिनाको ३ गते मनाइने यो पर्व निकै धुमधामका रुपमा मनाउदै आएका छन्  यो पर्वको दिन बिबाह भएर आफ्ना घर गएकी छोरीबहिनी बोलाई दान दक्षिणा दिएर उत्तरायणी मनाइने डाँडा अर्थात ठाउँमा खाना खुवाउने तथा छोरी आफ्नो घर जाँदा सेल रोटीहरु पकाएर दिने चलन रहेको स्थानीयवासी बताउँछन्। 

सुदूरपश्चिम प्रदेशको तराईका जिल्लामा बसोबास गर्ने चौधरी समुदायले माघ १ गते माघी भन्दै रमाइलो गर्छन भने पहाडी जिल्लामा बस्नेहरु आज अर्थात माघ ३ गतेकको दिन उत्तरायणी पर्व मनाउँदै रमाइलो गर्ने गरेको दिपायल सिलगढी नगरपालिका–४ पिपल्ला स्थित राजपुरका स्थानीयबासी नरेन्द्र शाहले बताए।  

प्रकाशित: Jan 16, 2021| 06:09 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।