आइतबार, भदौ २१, २०८३

सांसद दीपक मनाङे वामदेवको कित्तामा

ओली पक्षमा गनिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले आफू वामदेव गौतमको एकता अभियानमा सामेल भएको बताएका छन्। 
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

पोखरा– गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। अहिले नेकपा विभाजन भएपछि  ओली पक्षमा २७ र दाहाल–नेपाल पक्षका १३ सांसद छन्। 

ओली पक्षमा गनिएका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले भने आफू वामदेव गौतमको एकता अभियानमा सामेल भएको बताएका छन्। 

सांसद गुरुङले अहिले नेकपाका प्रमुख २ समूहभन्दा भिन्न भएर नेता वामदेव गौतमको अभियानमा लागेको बताएका हुन्। 

गौतम अहिले प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल, माधव नेपाल नेतृत्वको नेकपा भन्दा अलगै एकता अभियानमा जुटेका छन्। 

स्वतन्त्र रुपमा निर्वाचित भई नेकपा प्रवेश गरेका राजीव गुरुङले आफू पनि पार्टी एकताको पक्षमा रहेको दाबी गरेका छन्। 

वामदेव गौतमले सांसद राजीवलाई फोन गरेर पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेपछि आफू त्यहि अभियानमा लागेको उनले बताए। 

‘नेताजी (वामदेव)ले फोन गर्नुभयो र पार्टी एकताको राष्ट्रिय अभियानमा जोडिन आग्रह गर्नुभयो, मलाई पनि नेताजीको यो कुरा साह्रै चित्त बुझ्यो । हुन्छ भनिदिएँ,’ सांसद राजीवले भने । 

पार्टी विभाजनले कसैलाई फाइदा नगर्ने भएकाले आफूले बीचको बाटो रोजेको उनको भनाइ छ।

दीपक मनाङे नामले चिनिएका सांसद गुरुङले तत्कालीन एमालेको समर्थनमा मनाङबाट प्रत्यक्ष चुनाव जितेका हुन्।

स्वतन्त्र साांसद गुरुङलाई प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गएको वर्ष असार ११ गते आधिकारिक रुपमै नेकपामा प्रवेश गराएका थिए। उनलाई प्रवेश गराएपछि नेकपा सरकार प्रदेशमा २ तिहाइ समर्थनसहितको भएको थियो ।  

प्रकाशित: Jan 16, 2021| 04:20 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।